देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

ललितपुर, ३० जेष्ठ। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे ।
उनले भने,‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ । सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ । यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस् ।’
त्यस्तै उनले प्रायजसो कम्पनीहरु चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे ।
उनले भने,‘ हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरु चल्नुपनि ठूलो कुरा हो । धेरै कम्पनीहरुको चाँडै बन्द हुन्छ ।’