Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने

श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने

इटहरी, १ असार । कोशीप्रदेश सरकारले (आज) असार १ गते आगामीआर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।

कोशीको बजेट आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षकालागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन् । शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन् ।

कोशीमा २०७५–७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएपनि स्रोतकै कमीका कारण अहिले ३६–३७ अर्बमा सीमित हुनुपरेको कार्कीको भनाई रहेको छ ।
बजेटकालागि प्रदेश सरकाले आवश्यक तयारी पुरा भएको जनाएको छ । बजेट प्रस्तुतसँगै आइतबारको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनमन्त्री रामबहादुर मगरले राजश्व र व्ययको वार्षिक अनुमान, आर्थिक विद्येक र विनियोजन विद्येक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले उल्लेख गरेको छ ।

यसअघि मन्त्री मगरले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण विवरण पेस गरेका थिए । उनका अनुसार गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँचलाख राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारबाट प्राप्त ९ अर्ब एक करोड अनुदान मध्ये हालसम्म ६२ प्रतिशत निकासा भएको मगरले बताएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *