Date

सोम, असार २, २०८२
Mon, June 16, 2025

लगातार वृद्धि पछिको सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पनि परिवर्तन भएन

लगातार वृद्धि पछिको सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पनि परिवर्तन भएन

काठमाडाैं, २ असार । पछिल्ला केही दिनयता लगातार बढ्दै आएको सुनको मूल्य आज सोमबार स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार एकै दिन ४ सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज कुनै परिवर्तन बिना यथावत् रहेको हो।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख ९७ हजार ५०० मा पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्यहरूमध्ये एक हो। महासंघले जनाएअनुसार, सोमबार पनि यही मूल्यमा सुनको खरिदबिक्री भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज सोमबार एक तोला चाँदीको मूल्य रु २ हजार १६५ मा कायम छ। आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *