Date

सोम, असार २, २०८२
Mon, June 16, 2025

१० रुपैयाँको नयाँ नोट असार २ देखि चलनचल्तीमा, सगरमाथा र कृष्णसारको चित्र विशेष आकर्षण

१० रुपैयाँको नयाँ नोट असार २ देखि चलनचल्तीमा, सगरमाथा र कृष्णसारको चित्र विशेष आकर्षण

काठमाडाैं, २ असार । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट आगामी असार २ गतेदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा सार्वजनिक सूचनामा उक्त जानकारी दिइएको हो।

नयाँ नोटमा सुरक्षात्मक विशेषता, नयाँ डिजाइन, र आकर्षक चित्रहरू राखिएको राष्ट्र बैंकले जनाएको छ। नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप, र तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत उल्लेख गरिएको छ।

त्यसैगरी, अगाडिको तल्लो भागमा “वि.सं. २०८१” लेखिएको श्रृंखला नम्बर रहेको छ, जसले नोटको प्रकाशन वर्षलाई जनाउँछ।

पृष्ठभागतर्फ हेर्दा मध्य भागमा कृष्णसारको चित्र छ, जुन नेपालको जैविक विविधताको प्रतिनिधित्व गर्ने दृश्य हो। यसैगरी, माथिल्लो भागमा अंग्रेजीमा “NEPAL RASTRA BANK”, र तल्लो भागमा “RUPEES TEN” तथा “2024 A.D.” उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटहरू प्रचलनमा रहेका पुराना १० रुपैयाँका नोटहरूसँगै बजारमा प्रयोग हुनेछन्। पुराना नोटहरूको वैधता कायम रहनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *