ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् ।
भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।