Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज: राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकको इजाजत खारेजी

पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज: राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकको इजाजत खारेजी

काठमाडाैं, ६ असार । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ। राष्ट्र बैंकले २०७७ असोज ११ गते इजाजत पाएको पेवेल नेपाल (Paywell Nepal) र २०७७ चैत १७ गते इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेज (Sajilo Pay Payment Services) को इजाजतपत्र खारेज गरेको हो।

राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यी दुवै कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५, भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१, र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लगायतका विभिन्न कानूनी व्यवस्थाहरूको गम्भीर उल्लंघन गरेको पाइएको छ। विशेषगरी, हुन्डी कारोबार र विदेशी विनिमय अपचलनमा संलग्न भएको भेटिएपछि राष्ट्र बैंकले यी दुई संस्थाको कारोबार यसअघि नै रोक्का राखेको थियो।

राष्ट्र बैंकको २०८२ असार ५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार, भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) बमोजिम यी संस्थाहरूको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *