Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

वीरगन्ज आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा १३.३६ प्रतिशत बढी

वीरगन्ज आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा १३.३६ प्रतिशत बढी

काठमाडाैं, ६ असार । वीरगन्ज आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। यो संकलन कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा उल्लेखनीय रुपमा बढी हो।

कार्यालयका प्रमुख कर अधिकृत टिकाराम चौलागाईंले दिएको जानकारी अनुसार, यस अवधिमा ७ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा कार्यालयले कुल लक्ष्यको ११३.३६ प्रतिशत अर्थात् ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा १ अर्ब १ करोड रुपैयाँभन्दा बढी हो।

संकलन भएको कुल राजस्वमध्ये सबैभन्दा बढी अन्तःशुल्कबाट प्राप्त भएको छ, जसको रकम ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। त्यसैगरी, आयकरबाट २ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको छ भने घर बहाल करबाट २५ करोड १० लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

यद्यपि, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा भने लक्ष्यभन्दा कम राजस्व संकलन भएको वीरगन्ज आन्तरिक राजस्व कार्यालयले जनाएको छ। पहिलो ११ महिनामा भ्याटबाट २ अर्ब २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ८३ करोड रुपैयाँ मात्र संकलन भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *