Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

ईभी सवारी साधनहरु लक्षित अटो पालर्स शोरुमको उद्घाटन

ईभी सवारी साधनहरु लक्षित अटो पालर्स शोरुमको उद्घाटन

काठमाडौं, ७ असार। अटो पालर्स प्रालिले नयाँ अटो पालर्स शोरुमको उद्घाटन गरेको छ ।  शनिबार काठमाडौंमा ईभी गाडीहरुको प्रिमियम सामानहरु भएको अटो पालर्स शोरुमको उद्घाटन भएको हो ।

सो क्रममा अटो पालर्स प्रालिको सिइओ उपेन्द्रराज पाण्डेले नेपालमा ईभीलाई ध्यानमा राखेर शोरुमहरु स्थापना नभएको भन्दै ईभी गाडीहरुको प्रिमियम सामान मात्र राख्ने शोरुम खोलेको बताए ।

यस्तै, अटो पालर्सका निर्देशक सौरभराज पाण्डेले अहिले ईभीको मार्केट बढिरहेको अवस्थामा यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनको लागि अटो पालर्स भन्ने स्वरुम खोलेको बताए ।

उनले भने, ‘अटो प्रो भनेर ईभी गाडीको लागि बनाएको हो । जुन अहिले ईभीको मार्केट बढि रहेको छ  त्यसलाई व्यवस्थित तरिकाले अगाडि लानको लागि पनि यो अटो पालर्स भन्ने स्वरुम संचालनमा ल्याएका हौं ।’

बजारमा विभिन्न ब्राण्डका नयाँ गाडीहरु आएका छन् र त्यसको लागि चाहिने एकदमै गुणस्तरको पार्टस्हरु यस अटो पालर्समा रहेको पनि उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *