मन्जुश्री फाइनान्सको Insta Fund Transfer सेवा: निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा सुरु

काठमाडाैं, ८ असार । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल सेवा अझ उत्कृष्ट र प्रभावकारी बनाउने उद्देश्यका साथ ‘Insta Fund Transfer’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ। यो सुविधाले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज र उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ।
फाइनान्सले उपलब्ध गराएको जानकारी अनुसार, यो सुविधा मन्जुश्रीको Mobile Banking App अन्तर्गत ‘मन्जुश्री स्मार्ट’ मा रहेको ‘Insta Fund Transfer’ भुक्तानी विकल्पबाट उपयोग गर्न सकिनेछ। यसबाट ग्राहकहरूले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को नेपाल पेमेन्ट स्विच (NPS) मा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कुनै पनि खातामा सहजै रकम रकमान्तर गर्न सक्नेछन्।
हाल निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले देशभर २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको यस फाइनान्स, वित्तीय संस्थाहरूको श्रेणीमा अग्रणी स्थानमा रहेको छ।