छानबिन समिति बनेपछि संसदमा हच्कियो रास्वपा, गृहमन्त्री बोल्दा गरेन विरोध
काठमाडौं, १० असार । संसदमा आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएपछि संसदमा अवरोध हटाएको छ । हाल रोष्टमबाट गृहमन्त्री रमेश लेखकले सम्बोधन गरिरहेका छन् । रास्वपा आफ्नै स्थानमा बसिरहेको छ ।
छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले संसद बैठकमा वेल घेराउ तथा बहिष्कार गर्दै आएको थियाे । यद्यपि, रास्वपाको अवरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकलाई निरन्तरता दिइरहेका छन् ।



