Date

शुक्र, असार १३, २०८२
Fri, June 27, 2025

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडाैं, १२ असार । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *