नबिल बैंकको संचालकमा मुखर्जी मनोनित
काठमाडौं, ७ भद्रौ । नबिल बैंकको ४९३ औं सञ्चालक समितिको बैठकले मलय मुखर्जीलाई बैंकको समूहका शेयरधनीको तर्फबाट संचालकमा मनोनित गरेको छ । मुखर्जीले पदबहाली गरिसकेका छन् ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, अन्य सञ्चालकहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत व्यवस्थापनका उच्च पदस्थ अधिकारीहरुले नव मनोनित सञ्चालकको स्वागत गरेका थिए ।
मुखर्जी कर्जा विश्लेष्ण , जोखिम व्यवस्थापन, प्रविधि विकास लगायत बैंकिङ क्षेत्रको लामो अनुभव तथा ज्ञान रहेको वरिष्ट बैंकर भएको बैंकले जारी गरेको विज्ञपतीमा उल्लेख छ।