आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्झौता
काठमाडौं, ७ भद्रौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेशनल मेडिकल कलेज प्रालिसँग नगर रहित अन्तरंग स्वास्थ्य सेवा सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र मेडिकल कलेजका निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने उद्धेश्यले उक्त सम्झौता गरेको हो । सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य रहेको इन्स्योरेन्सले जनाएको छ । आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज वीरगंज, पर्साबाट नगद रहित अन्तरंग स्वास्थ्य सेवा प्राप्त गर्ने छन् ।