मंगलबार सुन स्थिर, चाँदीमा हल्का गिरावट — बजारमा स्थायित्व संकेत?

काठमाडाैं, ३१ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ, जसले बजारमा आंशिक स्थायित्वको संकेत दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्यमा कुनै परिवर्तन देखिएन। हाल बजारमा छापावाला सुन प्रतितोला रु १,९३,३०० मा कारोबार भइरहेको छ, जुन सोमबारकै मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। महासंघले जनाएअनुसार, चाँदी अहिले प्रतितोला रु २,२७५ मा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा रु ४० ले कम हो।