Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

एकैदिन १,३०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदी पनि सस्तो

एकैदिन १,३०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदी पनि सस्तो

काठमाडाैं, ३२ असार । नेपालको सुनचाँदी बजारमा बुधबारको दिनले गिरावट ल्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुबैको मूल्य घटेको छ, जसले उपभोक्तालाई केही राहत दिएको छ भने लगानीकर्तालाई सतर्क बनाएको छ।

बुधबार छापावाला (छापिएको) सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेको छ। यस गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा झरेको छ। यसअघि मंगलबार छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार २,२७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार घटेर २,२६० रुपैयाँमा झरेको हो।

सुन र चाँदीको मूल्य घट्नुका पछाडि अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटबढ, डलरको विनिमय दर तथा माग–आपूर्तिको सन्तुलनजस्ता कारणहरू रहेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *