इन्धनको भाउ फेरि घट्यो: पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल–मट्टीतेलमा १.३० रुपैयाँको कटौती

काठमाडाैं, ३२ असार । नेपाल आयल निगमले देशभर लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँको कटौती गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ३० पैसाले घटाइएको छ।
निगमका अनुसार असार ३१ गते (जुलाई १५) मा भारतीय आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यको आधारमा इन्धनको मूल्य समायोजन गरिएको हो। भारतबाट आयात हुने इन्धनको अन्तर्राष्ट्रिय मूल्य घटेसँगै नेपालमा पनि उपभोक्ताले राहत पाउने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट यो निर्णय गरिएको हो।
हालसम्म प्रतिलिटर १७५ रुपैयाँमा विक्री भइरहेको पेट्रोल अब १७० रुपैयाँमा पाइनेछ। त्यसैगरी, डिजेल र मट्टीतेलको मूल्य क्रमशः १५५.८० रुपैयाँबाट घटेर १५४.५० रुपैयाँमा झर्नेछ।