Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

सर्वसाधारणको प्रतिनिधित्वमा विश्व प्रकाश गौतम माछापुच्छ्रे बैंकको सञ्चालकमा नियुक्त

सर्वसाधारणको प्रतिनिधित्वमा विश्व प्रकाश गौतम माछापुच्छ्रे बैंकको सञ्चालकमा नियुक्त

काठमाडाैं, ६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ। साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले विश्व प्रकाश गौतमलाई रिक्त रहेको सञ्चालक पदमा सर्वसाधारण सेयरधनीको प्रतिनिधिका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

गौतमले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट बैंकको उच्च निर्णय तहमा प्रतिनिधित्व गर्नेछन्। बैंकका अनुसार सञ्चालक समितिमा उनको नियुक्तिले संस्थागत सुशासन, रणनीतिक निर्णय र शेयरधनी हित संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सञ्चालक समितिमा रिक्त स्थान रहँदै आएकोमा गौतमलाई बैंक तथा वित्तीय क्षेत्रमा अनुभवसहितको योग्य व्यक्तिका रूपमा चयन गरिएको बैंक स्रोतले जनाएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडले देशभरि १६० भन्दा बढी शाखामार्फत सेवा दिँदै आएको छ भने ग्राहक संख्या समेत निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणको हित प्रतिनिधित्व गर्ने पात्रको नियुक्ति बैंकको समग्र सञ्चालनमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *