बिमस्टेक सदस्य राष्ट्रका बरिष्ठ पदाधिकारीहरुको बैठक भोली

काठमाडौं, ११ भद्रौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका परराष्ट्र मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ पदाधिकारीहरुको बैठक भोली बस्दैछ ।

वरिष्ठ पदाधिकारीहरुको यो १९ औं बैठक हो । उनीहरुको आजै नेपाल आइसक्ने छन् । उनीहरुको स्वागतका लागि परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले साँझ रात्रिभोजको आयोजना गरेका छन् ।

बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *