Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिमस्टेकका लागि विदेशी पाहुना आउने क्रम सुरु, भोली मन्त्रीस्तरीय बैठक

बिमस्टेकका लागि विदेशी पाहुना आउने क्रम सुरु, भोली मन्त्रीस्तरीय बैठक

काठमाडौं, १२ भद्रौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक) सम्मेलनमा विदेशी पाहुना आउने क्रम सुरु भएको छ । विदेशी पाहुना आउन थालेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुन लागेको शिखर सम्मेलनमा भाग लिन सोमवार सदस्य राष्ट्रका सचिवहरू काठमाडौं आइसकेका छन् ।

मन्त्रीस्तरीय बैठकको एजेण्डा तय आज सचिवस्तरीय बैठक हुनेछ । आजै सदस्य राष्ट्रका विदेशमन्त्रीहरू पनि आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोली विदेशमन्त्री स्तरीय बैठक बस्ने छ । बैठकले सम्मेलनको एजेण्डाको मस्यौदा तय गर्ने छ ।

मन्त्रालयका अनुसार राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू १३ गते साँझ र १४ गते बिहानसम्ममा नेपाल आउइ सक्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना , श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चानओचा, म्यानमारका राष्ट्रपति विन मिन्त र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आउदै छन् ।र

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x