Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केएल टावरको मोबाईल मेलामा अफर भित्र पनि अफर

केएल टावरको मोबाईल मेलामा अफर भित्र पनि अफर

काठमाण्डौँ, १२ भदौ । अफर भित्र पनि अफर सहित चलिरहेको चाबहिलको केएल टावरमा संचालन भैरहेको मोबाइल मेलामा पुरानो मोबाइलसँग ग्यालेक्सी नोट ९ साट्न पाइनेछ । भदौ १६ गतेसम्म सञ्चालन हुने उक्त मेलामा जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने र मोबाईल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ ।

मोबाइल हबको पहिलो बार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध छन् । मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ ।

एउटा किन्दा अर्को सित्तैमा पाइने योजना २९ हजार ९ सय ९९ रुपैंया पर्ने लेनोभोको के फाइभ नोट र २० हजार ९ सय ९९ रुपैंया पर्ने जेटिई एस सेभेन किन्दा २ वटा भिआर बक्स पनि निशुल्क पाइनेछ । त्यैगरी ९ हजार ९ सय ९९ रुपैंया पर्ने जेटीई आई फाईभ प्लस मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । अरु विभिन्न मोडलका मोबाइलमा पनि यो अफर लागू हुने मोबाइल हबले जनाएको छ । मोबाइल मेलामा विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहरु उपलब्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x