Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

तीन जलविद्युत् आयोजनामा सात कम्पनी सिफारिस

तीन जलविद्युत् आयोजनामा सात कम्पनी सिफारिस

काठमाडाैं, १२ साउन । निजी क्षेत्रको साझेदारीमा निर्माण हुने तीन जलविद्युत् आयोजना सञ्चालनका लागि विद्युत् विकास विभागले सात कम्पनी सर्टलिस्ट गरेको छ। बुट (Build-Own-Transfer) मोडलमा अगाडि बढाइने आयोजनाहरूका लागि विभागले सार्वजनिक आह्वानपछि प्राप्त आवेदन मूल्यांकन गरी सिफारिस सूची सार्वजनिक गरेको हो।

विभागका अनुसार सिफारिसमा परेका कम्पनीहरूले अब भदौ २४ गतेभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नु पर्नेछ। त्यही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोलिने पनि जानकारी दिइएको छ।

तीनवटा आयोजनामध्ये पहिलो २१.४ मेगावाटको इन्खुखोला–४ जलविद्युत् परियोजनाका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर्स सिफारिस भएका छन्।

दोस्रो, ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर आयोजनाका लागि एक्वापिक इनर्जी प्रालि–साहस ऊर्जा जेभी र निलगिरि खोला हाइड्रोपावर कम्पनी छनोटमा परेका छन्।

तेस्रो, ४९.५ मेगावाटको लोती कर्णाली पीआरओआर परियोजना सञ्चालन गर्न अपि पावर कम्पनी र तारा इनर्जी–भोटेकोसी पावर कम्पनीको संयुक्त जेभी सिफारिस गरिएको छ।

विभागले सिफारिसमा परेका कम्पनीहरूसँग अब आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। यी आयोजनाहरूले आगामी वर्षहरूमा राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *