सर्वोच्चको प्रमुख रजिष्टारमा बिमल पौडेल नियुक्त

काठमाडाैं, १२ साउन । बिमल पौडेललाई सर्वोच्च अदालतको प्रमुख रजिष्टारमा नियुक्त गरिएको छ। न्याय सेवाअन्तर्गत सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले पौडेललाई नयाँ जिम्मेवारी दिएको हो।
यसअघि रजिष्टारका रूपमा कार्यरत रहेका पौडेललाई पदोन्नति गर्दै प्रमुख रजिष्टार बनाइएको हो। बैठकको अध्यक्षता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका थिए।
सर्वोच्चको प्रमुख रजिष्टार पद पूर्वप्रमुख रजिष्टार देवेन्द्रराज ढकाल ५८ वर्षको उमेरहद पुगेपछि आइतवारदेखि अवकाशमा गएसँगै रिक्त भएको थियो। प्रमुख रजिष्टारको पद प्रशासनिक सेवाको प्रमुख सचिव सरह मानिन्छ।
त्यस्तै, सर्वोच्च अदालतका उप–रजिष्टार मनबहादुर कार्कीलाई रजिष्टारमा पदोन्नति गर्न सिफारिस गरिएको छ।
पदोन्नति सम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनीहरूको नियुक्ति अन्तिम हुनेछ। न्याय प्रशासनको उच्च तहमा भएको यस पदस्थापनले कार्यसम्पादनमा थप गति ल्याउने अपेक्षा गरिएको छ।