Date

मङ्ल, साउन १३, २०८२
Tue, July 29, 2025

‘पर्यटनीति २०८२’ सार्वजनिक, निजी क्षेत्रसँग सहकार्यको स्पष्ट संकेत

‘पर्यटनीति २०८२’ सार्वजनिक, निजी क्षेत्रसँग सहकार्यको स्पष्ट संकेत

काठमाडाैं, १२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको स्पष्ट पारेका छन्।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ।”

संविधानसभाबाट जारी २०७२ को संविधानअनुसार संघीयता कार्यान्वयनसँगै मन्त्रालय नीतिगत रुपमा अगाडि बढेको उनले बताए। यस क्रममा हालसम्म १३ वटा विधेयक संसद्मा लैजाने तयारी भइसकेको र संस्कृति तथा हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको जानकारी पनि उनले दिए।

२०६५ सालको पर्यटन नीतिको स्थानमा ल्याइएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्धितीय पर्यटकीय गन्तव्यः नेपाल’ भन्ने दृष्टिकोणलाई आधार मानेर नीति तयार पारिएको मन्त्री पाण्डेले उल्लेख गरे।

उनका अनुसार नयाँ नीति नेपाललाई आकर्षक, जीवनपर्यन्त अनुभव दिने, सुरक्षित, भरपर्दो र दिगो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित ल्याइएको हो।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको सशक्त विकासमार्फत रोजगार, लगानी, तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने लक्ष्यसहित नीति कार्यान्वयनमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *