Date

सोम, साउन १२, २०८२
Mon, July 28, 2025

सेयर बजार सामान्य अंकले उकालो, कारोबार रकममा ठूलो घटावट

सेयर बजार सामान्य अंकले उकालो, कारोबार रकममा ठूलो घटावट

काठमाडाैं, १२ साउन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५.३० अंकले बढ्दै २९६९.५० बिन्दुमा पुगेको छ। आइतबार १८.५२ अंकले उक्लिएको नेप्से सोमबार पनि हरियालीमा बन्द भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको देखिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच भएका छन्, जसबाट कुल कारोबार १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।

हिजो आइतबारको तुलनामा कारोबार रकममा करिब ७ अर्ब रुपैयाँको गिरावट आएको हो। हिजो ३२३ कम्पनीका ५ करोड ८६ लाख कित्ता सेयर किनबेच भई कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सूचकगत रूपमा हेर्दा, आज विकास बैंक समूह ३.२८ प्रतिशत, व्यापार समूह २.९५ प्रतिशत, फाइनान्स २.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.१९ प्रतिशत र बैंकिङ समूह ०.२० प्रतिशतले वृद्धि देखिए। यस्तै, होटल तथा पर्यटन समूह पनि ०.२४ प्रतिशतले हरियालीमा रहे।

तर, बाँकी अधिकांश समूह भने नेगेटिभ जोनमा बन्द भएका छन्, जसले समग्र बजारमा मिश्रित संकेत देखिएको स्पष्ट हुन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *