नेपालमा आइसक्रिम उत्पादनमा क्रान्ति

काठमाडाैं, १२ साउन । सग्तानी ग्रुप,LAIEF Ice Cream Machineries र नेपाल–इटाली उद्योग वाणिज्य संघ (NICCI) को सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण” शीर्षकमा एक प्रभावशाली कार्यक्रम, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। इटालीका प्रमुख ब्रान्डहरू(LAIEF, Technoice, Packint)ले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरे ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुआत गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको छ ।