Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

सार्वजनिक ऋण २३१ अर्बले बढ्दा कुल ऋण २.६६९ खर्ब पुग्यो

सार्वजनिक ऋण २३१ अर्बले बढ्दा कुल ऋण २.६६९ खर्ब पुग्यो

काठमाडाैं, १३ साउन । आर्थिक वर्ष २०८०/८१ (२०२४/२५) मा नेपालको सार्वजनिक ऋण २३१ अर्ब रुपैयाँले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत वर्षको सुरुमा २४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण असार मसान्तसम्ममा बढेर २६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो।

एक वर्षमा सार्वजनिक ऋण २३१ अर्ब ८ करोड रुपैयाँले वृद्धि भई कुल ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.७१ प्रतिशत पुगेको छ। हाल आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ, जुन जीडीपीको २२.१४ प्रतिशत हो। त्यस्तै, बाह्य ऋण १४ खर्ब १ अर्ब रुपैयाँ छ, जुन जीडीपीको २४.५६ प्रतिशत हो।

सरकारले चालू आर्थिक वर्षमा सार्वजनिक ऋणमार्फत ५४७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। तर असार मसान्तसम्ममा ४५५ अर्ब ३९ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको हो।

त्यसमध्ये ३२९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण र १२५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋणबाट संकलन गरिएको हो। यो दुबै लक्ष्यभन्दा कम हो। सरकारले आन्तरिक ऋणमार्फत ३३० अर्ब र बाह्य ऋणमार्फत २१७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो।

यसैबीच, सरकारले आर्थिक वर्षभरिमा कुल ३६२ अर्ब ५९ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ। ऋण भुक्तानीका लागि सरकारको बजेट विनियोजन ४०२ अर्ब ८५ करोड रुपैयाँ थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *