Date

बुध, साउन १४, २०८२
Wed, July 30, 2025

विशिष्ट गन्तव्य लक्ष्यसहित नयाँ पर्यटन नीति कार्यान्वयनमा

विशिष्ट गन्तव्य लक्ष्यसहित नयाँ पर्यटन नीति कार्यान्वयनमा

काठमाडाैं, १३ साउन । नेपाल सरकारद्वारा देशको पर्यटन क्षेत्रको समग्र विकास, व्यवस्थापन र प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति २०८१ सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त नीति सार्वजनिक गर्दै नेपाललाई सांस्कृतिक तथा प्राकृतिक रूपमा विशिष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको जानकारी दिए।

मन्त्री पाण्डेका अनुसार नीति कार्यान्वयनमा देखा पर्न सक्ने चुनौतीहरूलाई समयसापेक्ष समेट्दै परिमार्जन गर्न सकिने लचिलो व्यवस्था गरिएको छ।

संघीय प्रणालीभित्र नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले समन्वय परिषद् गठन गरिसकेको र हालसम्म तीनपटक बैठक सम्पन्न भइसकेको जनाइएको छ। परिषद् अन्तर्गत कार्यान्वयन रणनीति र कार्ययोजना निर्माणको प्रक्रिया पनि अघि बढाइएको मन्त्री पाण्डेले जानकारी दिए।

यसैबीच, सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी मुलुकहरूसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने कार्ययोजना पनि अगाडि सारेको छ।

मन्त्रालयले मातहतका निकायहरूको एकीकरणपछि देखिएको कानुनी चुनौती समाधान गर्न आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *