Date

बुध, साउन १४, २०८२
Wed, July 30, 2025

बागमती प्रदेशमा कांग्रेसमा नयाँ घम्साघम्सी, मन्त्री खड्काको राजीनामा

बागमती प्रदेशमा कांग्रेसमा नयाँ घम्साघम्सी, मन्त्री खड्काको राजीनामा

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा र सिचाइ मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पदबाट राजीनामा दिएका छन्।

खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री बहादुरसिंह लामालाई आफ्नो राजीनामा बुझाएका हुन्। राजीनामा दिएसँगै उनले लामाविरुद्धको अविश्वास प्रस्तावमा पनि हस्ताक्षर गरेका छन्।

यससँगै, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ। यसअघि साउन ९ गते कांग्रेसका चारजना मन्त्रीले पनि पदबाट राजीनामा दिँदै उक्त प्रस्तावमा समर्थन जनाएका थिए।

यो घटनाले बागमती प्रदेशमा कांग्रेसको आन्तरिक विवादलाई थप गहिर्याएको छ, र आगामी दिनमा यसले प्रदेश सरकारको स्थायित्वमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *