Date

सोम, साउन १९, २०८२
Mon, August 4, 2025

राजधानीसहितको स्वतन्त्र राज्य नपाएसम्म हतियार नछाड्ने : हमास

राजधानीसहितको स्वतन्त्र राज्य नपाएसम्म हतियार नछाड्ने : हमास

काठमाडाैं, १९ साउन । इजरायलसँगको संघर्षको बीचमा, हमासले पुनः स्पष्ट पारेको छ कि जेरुसेलम राजधानी भएको स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनाअगाडि आफूहरूले हतियार नत्याग्ने जनाएको छ। यो वक्तव्य इजरायलले गरेको निरस्त्रीकरणको मागको जवाफस्वरूप आएको हो, जुन हालको युद्धविराम वार्ता मा प्रमुख अड्चन बनेको छ।

हमासको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टिभ विटकोफको भनाइपछि आएको हो। विटकोफले हमासले हतियार त्याग्न तयार देखिएको बताएका थिए। तर हमासले उक्त दाबीलाई “गलत र भ्रामक” भन्दै खारेज गरेको छ। समूहले भनेको छ, “राज्य स्थापना नभएसम्म हाम्रो संघर्ष र हतियार जारी रहनेछ।”

इजरायलले भने हमासको निरस्त्रीकरणलाई कुनै पनि युद्धविराम सम्झौताका लागि अनिवार्य शर्त मानेको छ। तर हालैका दिनमा हमास र इजरायलबीचको अप्रत्यक्ष वार्ता स्थगित भएपछि युद्धविराम र बन्धक मुक्तिको प्रक्रिया पनि ठप्प भएको छ।

यसैबीच, केही अरबी राष्ट्रहरूले हमासलाई गाजा नियन्त्रण छाड्न र हतियार बुझाउन दबाब दिइरहेका छन्। अन्तर्राष्ट्रिय रूपमा पनि फ्रान्स र क्यानाडाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन् भने, बेलायतले सेप्टेम्बरसम्म इजरायलले विशेष सर्त नमानिएमा मान्यता दिने बताइसकेको छ।

इजरायली रक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले शुक्रबार चेतावनी दिँदै भनेका छन् कि यदि बन्धक मुक्तिका वार्ता निष्कर्षमा पुगेनन् भने गाजामा सैन्य कारबाही जारी रहनेछ।

शनिबार सार्वजनिक एक भिडियोमा इजरायली बन्धक एव्यातार डेभिडलाई भोकै र कमजोर अवस्थामा देखिएपछि, उनको परिवारले हमासले बन्धकलाई भोकै राखेको आरोप लगाउँदै कडा विरोध जनाएको छ। उनले इजरायली सरकार र अमेरिका समक्ष बन्धकको शीघ्र उद्दारका लागि आग्रह गरेका छन् र हमासलाई “भोकमरीलाई हतियार बनाएको” भन्दै आलोचना गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *