Date

आइत, साउन १८, २०८२
Sun, August 3, 2025

एथर रिज्टा नेपालमा सार्वजनिक, नयाँ युगको स्मार्ट मोबिलिटीको सुरुआत

एथर रिज्टा नेपालमा सार्वजनिक, नयाँ युगको स्मार्ट मोबिलिटीको सुरुआत

काठमाडाैं, १९ साउन । एथर एनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले आगामी साउन २१ गते नेपालमा एथर रिज्टाको औपचारिक सार्वजनिक घोषणा गर्ने भएको छ। नाइमा एक्सपो २०२५ मा यो इलेक्ट्रिक स्कुटर पहिलो पटक सार्वजनिक गरिनेछ।

भारतभर शहरी मोबिलिटीमा ठूलो परिवर्तन ल्याएको एथर रिज्टा अब नेपालमा पनि प्रवेश गर्दैछ। यो स्कुटर केवल साधारण स्कुटर मात्र नभई उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई समेटेर बनाइएको स्मार्ट मोबिलिटी समाधान हो। विशेषगरी नेपाली परिवारको जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको रिज्टा आधुनिक यातायातको नयाँ विकल्प बनिरहेको छ।

वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले यस अवसरमा भने, “रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन नेपालको अधिकांश जनसंख्याका लागि उपयुक्त छ।” उनले ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहेको बताए।

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू समावेश छन्। नाइमा एक्सपोमा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर पाउनेछन्।

यसको आगमनसँगै नेपाली बजारमा एथरको उपस्थिति अझ सशक्त बनाउने र नेपाली परिवारलाई इलेक्ट्रिक यातायातमा स्विच गर्न प्रेरित गर्ने लक्ष्य वैद्य इनर्जी प्रालिका रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *