Date

आइत, साउन १८, २०८२
Sun, August 3, 2025

प्रधानमन्त्री ओली भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन आज राति तुर्कमेनिस्तान जाँदै

प्रधानमन्त्री ओली भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन आज राति तुर्कमेनिस्तान जाँदै

काठमाडाैं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज मध्यराति तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्दै छन्। उनी त्यहाँ साउन २० देखि २३ गतेसम्म आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुनेछन्।

यसै सन्दर्भमा प्रधानमन्त्रीको प्रस्थानअघि आज साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। मन्त्रीहरू बालुवाटारमा उपस्थित भइसकेका छन् भने प्रधानमन्त्री ओली पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन्।

सम्मेलनमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूको साझा चुनौती, सम्भावना र सहयोगका विषयमा नेपालका धारणा राख्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा विभिन्न राष्ट्रका प्रमुख प्रतिनिधिहरूको सहभागिता रहनेछ।

प्रधानमन्त्री ओली साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ। सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र भूपरिवेष्टित राष्ट्रहरूको हितमा आवाज बुलन्द गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *