आइतबार सेयर बजारमा दोहोरो धक्का, नेप्से ६५ अंकले घट्दा कारोबार पनि घट्यो

काठमाडाैं, १९ साउन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा तीव्र गिरावट आएको छ। नेप्से परिसूचक आज ६५.२० अंकले घटेर २८५७.४३ बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि बजार ३१.५० अंकले घटेको थियो। लगातार दोस्रो दिन बजारमा आएको गिरावटले लगानीकर्तामा पुनः निराशा छाएको छ।
आज २.२३ प्रतिशतको गिरावट दर्ता भएको हो, जुन पछिल्ला दिनहरूमध्ये एक उल्लेखनीय गिरावट हो। बजारको समग्र कमजोरीसँगै कारोबार रकम पनि घटेको देखिएको छ। आइतबार ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भएका छन्, जसबाट जम्मा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार मात्रै भएको छ।