Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

सुनचाँदी पुनः उकालो, मूल्यमा सानो तर स्थिर वृद्धि

सुनचाँदी पुनः उकालो, मूल्यमा सानो तर स्थिर वृद्धि

काठमाडाैं, १९ साउन । नेपाली बजारमा साेमबार पनि सुन र चाँदीकाे मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तीव्र वृद्धिपछि आज मूल्यमा सानो तर स्थिर उकालो देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेर १ लाख ९६ हजार ६०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ५०० रूपैयाँ मा कारोबार भएको थियो। हिजो आइतबार एकैदिनमा ३ हजार ४ सय रूपैयाँ को उच्च वृद्धि भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रूपैयाँले वृद्धि भई प्रतितोला २ हजार २५५ रूपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी २ हजार २५० रूपैयाँ मा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *