११ ठेकेदार कम्पनी प्रतिबन्धमा, सरकारी लापरवाहीको चुकता

काठमाडाैं, १९ साउन । सरकारी निर्माण सम्झौतामा लापरवाही देखिएका ११ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। तोकिएको म्यादभित्र निर्माण कार्य सम्पन्न नगरेको, काममा ढिलासुस्ती गरेको र सम्झौता पालना नगरेको भन्दै सम्बन्धित निकायहरूको सिफारिसमा ती कम्पनीहरूमाथि कारबाही गरिएको हो।