Date

बिहि, साउन २२, २०८२
Thu, August 7, 2025

महाकाली उर्लियो, शारदा ब्यारेजमा सवारी रोक

महाकाली उर्लियो, शारदा ब्यारेजमा सवारी रोक

काठमाडाैं, १९ साउन । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेज हुँदै चार पाङ्ग्रे सवारी साधनको आवागमन रोकिएको छ। नदीमा बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका दृष्टिले यस्तो निर्णय लिइएको हो।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, महाकाली नदीको बहाव १ लाख क्युसेक पुगेपछि सवारी चलाउन रोक लगाइन्छ। “आज बिहान ८ बजे नदीमा पानीको बहाव १ लाख ९ हजार ९८० क्युसेक पुगेपछि शारदा ब्यारेजमार्ग हुँदै चार पाङ्ग्रे सवारी आवागमन तत्कालका लागि रोकिएको हो,” उनले जानकारी दिए।

लगातारको वर्षाले नदीमा पानीको सतह झन् उचालिँदै गएको छ। सुरक्षाका लागि सतर्कता अपनाउँदै सवारी रोकिएको जनाइएको छ। स्थानीय प्रशासनले सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

महाकाली नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरी प्रशासनले आग्रह गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *