Shangrila

हस्तकला सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १४ भद्रौ । विश्वकला परिषद् एसिया प्रशान्त क्षेत्रको ३७ औं साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । आज देखि सुरु भएको सम्मेलनको प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

उद्घाटन समारोहमा उनले हस्तकलाको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । हरेक सामाग्रीमा परनिर्भर हुनु परेको अवस्थामा वार्षिक १० अर्वको हस्तकला सामाग्री निर्यात हुनु गौरवको विषय भएको भन्दै उनले यसको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री पोडेलले नेपालमा हस्तकलाको ठुलो सम्भावना भएको भएपनि उपयूक्त प्रवद्र्धनका भने पछाडि रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकलाको बजार प्रवद्र्धन र नयाँ, नयाँ ज्ञान हाँसिल गर्न सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । नेपालको ग्रामिण भेगमा रोजगारी सृजनाका लागि हस्तकला क्षेत्रले ठुलो योग्दान गरेको भन्दै उनले यस क्षेत्रको विकासका लागि थप सहयोगका लागि सरकारसँग आग्रह पनि गरे ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४५ देशका झन्डै १ सय भन्दा बढि प्रतिनिधीहरुको सहभागी रहेको छ । साथै सो देशमा हस्तकला सामाग्री प्रर्दशनीमा पनि राखिएको छ।
सम्मेलन १६ गते सम्म चल्ने छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *