Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लगानीकर्ताको विश्वास नाप्ने मिटर “एसएस प्रो” सार्वजनिक

लगानीकर्ताको विश्वास नाप्ने मिटर “एसएस प्रो” सार्वजनिक

काठमाडौं, १४ भदौ । शेयरसंसार डटकमले “एसएस प्रो” सफ्टवेयर सार्वजनिक गरेको छ । नेपालमै पहिलो लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर सहित लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभचार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको सफ्टवेयर शेयरसंसरडटकमले बिहिबार सार्वजानीक गरेको हो ।

उक्त एपमा कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्व पूर्ण हुने दर्जन भन्दा बढी वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानी कोषहरूको खरिद, लगाइत बिक्रीको विश्लेषण जस्ता थुपै उपकरणहरु एसएस प्रोमा रहेका छन् ।

बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एसएस प्रो ले नेपालमै पहिलोपटक बजारको विश्वाश मापन गर्ने “मार्केट कन्फिडेन्स मिटर” ल्याएको छ । अहिलेको बजार प्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x