Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दशैमा मेलम्चीको पानी काठमाडौं नआउने निश्चित

दशैमा मेलम्चीको पानी काठमाडौं नआउने निश्चित

काठमाडौं, १४ भद्रौ । राजधानीबासीको तिर्खा मेटाउने बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले पटक–पटक म्याद थप गर्दै आएको छ । पछिल्लो समय आगामी दशै अगावै राजधानीबासीको घरघरमा मेलम्चीको पानी पु¥याउने लक्ष्य पनि पुरा नहुने भएको छ।इटालीको निर्माण कम्पनीसँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सार्वजनीक कार्यक्रममा जसरी पनि दशैसम्म मेलम्चीको पानी राजधानी ल्याउने प्रयास भइरहेको बताएकी छिन् । तर पनि विविध समस्या देखाउँदै यो दशैंमा पनि मेलम्ची राजनीबासीलाई दिन नसक्ने र प्राविधक कारण देखाएर केही महिना अझै पछाडि धकेलिने संकेत पनि उनले बेला बेलामा गर्ने गरेकी छन् ।

यो आयोजनका लागि हाल सम्म २५ अर्ब रुपैयाँ लगानी भइसकेको छ। दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउनका लागि गरिएको यो लगानीमा अझै ६ अर्ब खर्च थपिएर ३१ अर्ब रुपेयाँ पुग्ने छ । सरकारले गरेको लगानीको योजना अनुसार यो खर्चपछि काठमाडौंमा पानी त आउँछ तर, यो पानी काठमाडौंका सबै क्षेत्रका मानिसले पिउन नपाउने भएपछि सर्वसाधारणले चिन्ता समेत गरेका छन् ।

थप पानी मेलम्चीमार्फत ल्याउन याङ्ग्री र लार्केखोलाबाट १७–१७ करोड लिटर पानी ल्याउने तयारी छ। त्यसका लागि पनि अझै २० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको छ ।पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौं आउने र बाँकी ३४ करोड लिटर थप गरेर राजधानीबासीलाई केही वर्ष भित्रै ५१ करोड लिटर पानीको सुविधा दिने मन्त्री विना मगरले बताएकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x