Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले लक्ष्मी बैंकका कर्मचारीलाई तालिम दिने

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले लक्ष्मी बैंकका कर्मचारीलाई तालिम दिने

काठमाण्डौं, १४ भदौ । लक्ष्मी बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता विकास तालिम कार्यक्रम संचालन गर्न सम्झौता गरेका छन् । उक्त सम्झौता अनुसार नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x