सेयर बजार ९.३९ अंकले बढ्यो
काठमाडौं, १४ भद्रौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सुधार देखिएको छ । आज बजार ९.३९ अंकले बढेर ११ सय ८१ दशमलव ६९ बिन्दुमा उक्लिएको छ ।
आज कारोबारमा आएका मध्ये होटल समूहको परिसूचक २.३१ अंकले घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । विकास बैंक ७.९१, हाइड्रोपावर ५.३१, निर्जीवनबीमा ६२.४६,जिवनबीमा २६.२१, उत्पादन तथा प्रशोधन ८.२६, माइक्रोफाइनान्स १४.०३ रर अन्य समूहको परिसूचक ६.२७ अंकले बढेको छ । त्यस्तै एक सय ६७ कम्पनीको २१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।