Shangrila

बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, १४ भद्रौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बमस्टेक) को चौथो शिखर सम्मेलन  सुरु भएको छ । काठमाडौंको सोल्टी होटेलमा सुरु भएको सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरु सहभागि छन् ।

बिमस्टेकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उनले शान्त्ति र दिगो विकासका लागि बिमस्टेक राष्ट्रहरु बीच सहकार्य आवश्यक भएको बताए । बिमस्टेक सात राष्ट्रलाई जोड्ने सेतु मात्र नभइ विकासको आधार समेत बन्नुपर्नेमा उनले जोड दिए ।

यसका साथै गरिबी निवारण, पूर्वाधार विकास र यातायात संजालको विकासमा पनि प्रधानमन्त्री ओलीले जोड दिए । सम्मेलन भोली काठमाडौंको घोषणा पत्र जारी गरेर सकिने छ भने पाँचौ शिखर सम्मेलन श्रीलंकामा आयोजना हुने छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *