Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिमस्टेक सम्मेलन : नरेन्द्र मोदी सहित चार राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्कने

बिमस्टेक सम्मेलन : नरेन्द्र मोदी सहित चार राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्कने

काठमाडौं, १५ भद्रौ । चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएकामध्ये ४ राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्कदैछन् । बंगलादेश, थाईल्याण्ड, म्यानमार र भारतका कार्यकारी प्रमुख आजै फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन पनि आजै सकिदै छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दिउँसो १ बजे, थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओच दिउँसो १ बजेर ४० मिनेटमा, म्यानमारका राष्ट्रपति विन मिन्ट ४ बजे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ६ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

भुटान सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना पर्सी आईतबार फर्कने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x