७ वर्ष वारेन्टीसहित पाइने स्काईवर्थको नयाँ इलेक्ट्रिक भ्यानका यस्ता छन् विशेषता !
काठमाडौं, २७ साउन । टाइम्स बिजनेसले चिनियाँ कमर्शियल भेहिकल ब्रान्ड स्काईवर्थको नयाँ इलेक्ट्रिक भ्यान नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा राखेर व्यावसायिक सवारी साधनको बजारमा नयाँ उत्साह थपेको छ।
यो ३ महिनाअघि नेपालमा सार्वजनिक भएको थियो ।
यसको शक्तिशाली इन्जिनले अधिकतम १२० किलोवाटको आउटपुट र ३८० एनएमको टर्क दिन्छ। यति ठूलो क्षमताको इन्जिनले गाडीलाई पहाडी र उकालो बाटोमा पनि सहजै चलाउन मद्दत गर्छ।यो भ्यानको ७०.६५ किलोवाट आवरको ब्याट्री छ र एकपटक फुल चार्जमा ३०० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले दाबी गरेको छ। यसले गर्दा लामो दूरीको यात्रामा पनि ढुक्क हुन सकिन्छ। एसी र डिसी चार्जिङको सुविधाले गर्दा ग्राहकले आफ्नो आवश्यकता अनुसार चार्जिङको विकल्प रोज्न सक्छन्।
कम्पनीले यस भ्यानमा ७ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी दिएको छ। यसले गाडीको गुणस्तर र टिकाऊपनमा कम्पनीको पूर्ण विश्वास रहेको स्पष्ट पारेको छ ।
स्काईवर्थ भ्यानमा ३२०० एमएमको ह्वीलबेस भएकाले भित्र पर्याप्त ठाउँ छ र यात्रा पनि आरामदायी हुन्छ । सुरक्षाको लागि यसमा एबीएस र ईबीडीसहितको ब्रेकिङ प्रणाली जडान गरिएको छ । यसका साथै, एयर कन्डिसनिङ र हिटर जस्ता सुविधाले यात्रालाई हरेक मौसममा सहज बनाउँछन्।
सन् १९८८ देखि विद्युतीय सवारी उत्पादन गर्दै आएको र चीनसहित १० भन्दा बढी देशमा आफ्नो बलियो उपस्थिति जमाएको स्काईवर्थ, नेपाली बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । कम्पनीले नेपालका विभिन्न स्थानहरूमा सर्भिस सेन्टरहरू स्थापना गर्ने योजना पनि बनाएको छ।



