Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

अटो क्षेत्रमा लगानी सुरक्षित, कर्मचारीलाई २० वर्षसम्म कर्जा प्रस्ताव

अटो क्षेत्रमा लगानी सुरक्षित, कर्मचारीलाई २० वर्षसम्म कर्जा प्रस्ताव

काठमाडाैं, ६ भदाै । नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटोमोबाइल क्षेत्रको भविष्य उज्जवल रहेको बताएका छन् ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशनको संयुक्त रूपमा बिहीबार आयोजित ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ अन्तरक्रियामा यस्तो बताएका हुन्।

उनले अटो क्षेत्रमा लगानी गर्दा लगानीकर्ताले पछाडि फर्किनु नपर्ने दावी गर्दै अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय रहेको बताए। साथै, कर्मचारीलाई बाइक वा गाडी किन्न लामो अवधिका लागि कर्जा प्रवाह गर्नुपर्ने माग राखे।

दुलालले भने, “कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षसम्मको ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ। यदि यस्तो व्यवस्था हुन सकेमा धेरैले सजिलै गाडी किन्न सक्छन्। यसमा सरकारको ध्यान जान आवश्यक छ। यो व्यवस्था लागू गर्न सकिएमा अटो क्षेत्र अझ बढी विकास हुनेछ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *