Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

सरकारले भारतबाट ४० हजार टन गहुँ आयात प्रक्रिया सुरु

सरकारले भारतबाट ४० हजार टन गहुँ आयात प्रक्रिया सुरु

काठमाडौं, ११ भदौ । नेपाल सरकारले भारतबाट ४० हजार टन गहुँ आयात गर्न प्रक्रिया अघि बढाएको छ। भारत सरकारअन्तर्गतको नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडमार्फत नेपाललाई यो परिमाणको गहुँ आयात कोटा प्रदान गरिएको हो।

खाद्य तथा मैदा उद्योगका लागि तोकिएको यस कोटा प्राप्त गर्न उद्योग विभागले सात दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। प्रस्ताव पेश गर्ने उद्योगहरूले गहुँ आयातको सुनिश्चितता गर्नुपर्ने छ, नभए कोटा वितरण नहुने स्पष्ट गरिएको छ।

यसअघिको अनुभवलाई आधार मानेर यसपटक कोटा पाउने उद्योगीहरूमा औद्योगिक दर्ता, वार्षिक योजनामा गहुँ प्रयोगको उल्लेख र तीन महिनाभित्र आयात पूरा गर्ने सर्तहरू लागू गरिएको छ।

सरकारको यो कदमले खाद्य सुरक्षा र उद्योगका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चितता गर्ने उद्देश्य राखेको बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *