Date

सोम, भदौ १६, २०८२
Mon, September 1, 2025

दूधको भुक्तानी नपाएपछि किसान सडकमा

दूधको भुक्तानी नपाएपछि किसान सडकमा

काठमाडाैं, १५ भदाै । दूधको बक्यौता रकम नपाएपछि नेपाली दुग्ध किसानहरु पुनः आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि दुग्ध विकास संस्थान (डीडीसी) मार्फत बिक्री गरेको दूधको मूल्य नपाउँदा किसानहरू आज काठमाडौंको लैनचौरस्थित डीडीसी कार्यालयमा धर्ना दिने कार्यक्रम राखेका हुन्।

किसानहरूले पटक–पटक सम्बद्ध निकायलाई दूधको भुक्तानी तत्काल गर्न माग गरे पनि हालसम्म सम्बोधन नभएपछि उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। उनीहरूको भनाइअनुसार, भुक्तानी रोकिँदा परिवार पालनपोषणदेखि छोराछोरीको शिक्षा र पशुपालनमा समेत ठूलो कठिनाइ परेको छ।

दुग्ध किसानहरूले सरकारले समस्या समाधान गर्न तत्परता नदेखाएको आरोप लगाउँदै तत्काल कदम नचालिए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।

यता, सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसानहरू पनि आन्दोलित बनेका छन्। उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै आएका थिए भने अब राजमार्ग केन्द्रित आन्दोलनमा जाने घोषणा गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *