Date

सोम, भदौ १६, २०८२
Mon, September 1, 2025

नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र, स्वास्थ्य क्षेत्रमा नयाँ युग सुरु

नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र, स्वास्थ्य क्षेत्रमा नयाँ युग सुरु

काठमाडाैं, १५ भदाै । नेपालमा पहिलो पटक स्टेम सेल अनुसन्धान केन्द्र काठमाडौँमा स्थापना गरिएको छ। यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि र भविष्यका उपचार प्रविधिको सुरुवातको रूपमा हेरिएको छ।

उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा सञ्चालन हुने यस केन्द्रमा अत्याधुनिक प्रयोगशाला सुविधा उपलब्ध छ। यहाँ उत्पादन हुने स्टेम सेल अस्पताल र चिकित्सकलाई उपलब्ध गराइनेछ।

केन्द्रले क्यान्सर, रक्तसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी रोगहरूको उपचारका लागि अनुसन्धान गर्ने लक्ष्य लिएको छ। हाल नेपालमा स्टेम सेल थेरापीसम्बन्धी कानूनी संरचना विकासको चरणमा रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।

स्टेम सेल प्रयोगले क्षतिग्रस्त अंगको उपचार, रोगको कारण अनुसन्धान र नयाँ औषधि विकासमा सहयोग पुर्‍याउन सक्छ। यसैले यसलाई स्वास्थ्य क्षेत्रमा अत्यन्तै आशाजनक प्रविधि मानिएको छ।

केन्द्रको स्थापना स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवातको रूपमा लिइएको छ र नेपाललाई दक्षिण एसियामा स्टेम सेल अनुसन्धान तथा उपचारको केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *