Date

सोम, भदौ १६, २०८२
Mon, September 1, 2025

पोखरामा ओमोडा–जेकोको नयाँ शोरूम, जेको जे५ सार्वजनिक

पोखरामा ओमोडा–जेकोको नयाँ शोरूम, जेको जे५ सार्वजनिक

काठमाडाैं, १५ भदाै । पोखरामा ओमोडा एण्ड जेकोका आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। गण्डकी प्रदेशमा यस अवसरमा नयाँ जेको जे५ पनि पहिलोपटक सार्वजनिक गरिएको हो।

पोखराको शिवचोक–१० मा सञ्चालनमा आएको नयाँ शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको छ। झण्डै २०,००० वर्गफुटमा फैलिएको शोरूमले ग्राहकलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

शोरूममा अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टर स्थापना गरिएको छ। यहाँ काम गर्ने प्राविधिकहरूलाई अनुभवी प्रतिनिधिहरूबाट प्रशिक्षण दिइएको छ जसले बिक्रीपछिका सेवाको गुणस्तर बढाउने विश्वास गरिएको छ।

साथै, जेको जे५ लक्जरी एसयुभी वर्गमा शक्तिशाली विशेषता र आकर्षक डिजाइनका साथ पोखरामा सार्वजनिक गरिएको छ। यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज र ४८० लिटर बुट स्पेस रहेका छन्।

उद्घाटन समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव दिने प्रतिवद्धता व्यक्त गर्दै जेको जे५लाई अत्याधुनिक प्रविधि र दिगो गतिशीलताको प्रतीक बताए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *