Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आयात ५७ प्रतिशतले बढेपछि पहिलो महिनामै ११३ अर्ब रुपैँया व्यापार घाटा

आयात ५७ प्रतिशतले बढेपछि पहिलो महिनामै ११३ अर्ब रुपैँया व्यापार घाटा

काठमाडौं १९ भदौ । आयात उल्लेख्य बढेपछि चालु आर्थिक वर्षको पहिलो महिनामा व्यापारघाटा १०० अर्ब रुपैँया नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांक अनुसार कुल १२० अर्ब ६१ करोड रुपैँयाको आयात भएको छ भने ६ अर्ब ९२ करोड रुपैँयाको निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ५७ दशमलव १८ ले बढेको हो भने निर्यात ३ दशमलव १९ प्रतिशतले बढेको हो । यो अवधिमा व्यापारघाटा ११३ अर्ब ६८ करोड रुपैँया पुगेको छ । व्यापारघाटा गत वर्षको तुलनामा ६२ दशमलव ३५ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको श्रावण महिनामा वाढी तथा डुवानका कारण तराईका जिल्लाहरुमा रहेका केही भन्सार विन्दुहरुमा आयात, निर्यात प्रभावित भएकाले गत वर्ष प्रत्येक महिना औषतमा करिव १०० अर्व रुपैँयाको आयात हुदा श्रावणमा जम्मा ७६ अर्वको आयात भएको थियो । जसले गर्दा यो महिनाको आयातको वृद्धिदर समग्रमा उच्च देखिएको भन्सार विभागले जनाएको छ ।
गत वर्षको श्रावण महिनामा हवाईजहाज तथा पाटपूर्जा १ अर्व ४४ करोड रुपैँयाको मात्र आयात भएकोमा यस वर्षको श्रावण महिनामा १३ अर्व ३० करोड रुपैँयाको आयात भएको छ । नेपाल एयरलाइन्सले श्रावण महिनामा अन्तर्राष्टिय उडानका लागि एयरबस जहाज आयात गरेको थियो । भन्सार विभागका अनुसार, गत वर्षको श्रावण महिनामा सवै प्रकारका पेट्रोलियम ईन्धन ९ अर्व ६९ करोड रुपैँयाको मात्र आयात भएकोमा उक्त वस्तुको आयात करिव ८७ प्रतिशतले वृद्धि भई यस वर्षको श्रावण महिनामा १८ अर्व १० करोड रुपैँयको आयात भएको छ । फलाम तथा स्टील वस्तुहरुको आयात गत वर्षको श्रावण महिनामा ८ अर्व ६३ करोड रुपैँयाको भएकोमा यस वर्षको श्रावण महिनामा करिव ६९ प्रतिशतले वढी १४ अर्व ६२ करोड रुपैँयाको आयात भएकोछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x