नवारोको मोदी र भारतमाथि कडा टिप्पणी

काठमाडाैं, १६ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतबारे नयाँ बयान दिएका छन्।
फक्स न्यूजसँगको अन्तरवार्तामा नवारोले भने, “मोदी एक महान नेता हुन्, तर मलाई बुझ्दैन कि उनी विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको नेता हुँदाहुँदै पुटिन र सी जिनपिङसँग हात मिलाइरहेका छन्।”
उनले भारतका जनतालाई चेतावनी दिँदै थप भने, “ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन्। हामी यो बन्द होस् भन्ने चाहन्छौं।”
नवारोले यसअघि पनि भारतले रूसी तेल किनेको विषयमा आलोचना गरेका थिए। गत हप्ता ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा उनले भनेका थिए कि रुस–युक्रेन युद्ध वास्तवमा ‘मोदीको युद्ध’ हो।
अहिले भारतले ५० प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको छ। अमेरिकाले रुसी तेल खरिद गरेको आरोपमा भारतमाथि यो शुल्क लगाएको हो। अमेरिकाको तर्क छ कि भारतले रुसी तेल किनेर युक्रेन युद्धमा रुसलाई आर्थिक सहयोग गरिरहेको छ।
नवारोको टिप्पणीले दुई देशबीच व्यापारिक र कूटनीतिक सम्बन्धमा नयाँ चुनौती थपेको संकेत गरेको छ।